गजल
नेपाली राजनीतिक महानायक गिरिजाप्रसाद कोइरालको संझनामा खेमराज गाउँले/रोल्पाले लेख्नु भएको यो गजल
देश र जनाताका लागि मर्नेहरु थोरै हुन्छन् ।
जोखिममा महासागर तर्नेहरु थोरै हुन्छन् ।
आफ्नो भन्दा अरुको भलाइका लागि,
जानीजानी चितामा पर्नेहरु थोरै हुन्छन् ।
सुन्दर फूललाई जोगाएर राख्न खोज्दा,
सुम्सुम्याउदा सुम्सुमाउदै झर्नेहरु थोरै हुन्छन् ।
मै खाऊ मै लाऊ भन्नेहरु धेरै हुन्छन् यहा,
जे गर्नुछ देशकै लागि गर्नेहरु थोरै हु्न्छन ।