‘गजलमाला’पुरस्कार प्रतिभालाइ
उर्लाबारी गजलमञ्चले शनिबार एक कार्यक्रमको आयोजना गरि गजलकार प्रक्षिप्तलाई पुरस्कृत गरेको हो । कार्यक्रममा कवि तथा साहित्यकार शिव प्रणतले पुरस्कार प्रदान गर्नुभएको हो । गजल लेखन क्षेत्रमा नव प्रतिभाका रुपमा उदाउदै गरेकी प्रक्षिप्तलाई हौसला प्रदान गर्न पुरस्कृत गरेको उर्लाबारी गजलमञ्चका उपाध्यक्ष कृष्ण उदासीले बताए । प्रक्षिप्त विगत एक बर्षदेखी सप्तकोशी एफएममा गजलको कार्यक्रम चलाउदै आएकी छन् । उर्लाबारी गजल मञ्चले यसैबर्ष देखी स्थापना गरेको पुरस्कारको राशी एक हजार एक रुपैया रहेको छ ।
जीवन धिमिरेले विवश बलिभद्र कोइरालाको गजल गाएर सुरु भएको पुरस्कार वितरण कार्यक्रममा साहित्यकार केशव आचार्य, कवि उपेन्द्र सुब्बा, गजलकार प्रकाश आङ्देम्बे, भुपेन्द्र तिम्सिना, यात्री शेखर, सुन्दर कुरुप लगायत चार दर्जन श्रष्टाले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

