गजल

सहयात्री
बिर्सिदैछु तिमीलाई सम्झिएर साथ मेरो ।
मरिरा’छु बाँचेर नि सम्झिएर घात मेरो ।

पसल थाप्न थालेछु तिम्रो निश्चल प्रेमको,
क्षम्य कहिल्यै नहुने भो दोधरे त्यो बात मेरो ।

थाहा छैन कहाँ छु म, के गर्दैछु आजभोलि,
पिउँदैछु हरक्षण चढ्दैछ झन् मात मेरो ।

न सके तिम्लाई लुट्न, न त खुसी फिर्ता गर्न,
व्यर्थै मुटु दुखाएर बिताउँदैछु रात मेरो ।

माफी माग्न सक्तिन म, न त सक्छु साथ दिन,
‘सहयात्री’ त नाम मात्र हो अपराधी जात मेरो ।