गजल

अभागी कान्छा गाउँले
मनो मानी गरी गयौ, माया फाटे पछि आयौ ।
मेरो माया अर्कै संग, सधै साटे पछि आयौ ।

मेरो साथ सधै सधै, संगै यात्रा गर्छु भन्थ्यौ,
भुलि गयौ अर्कै संग, माया बाटे पछि आयौ ।

कस्तो नसा चढ्यो आज, किन वाटो अन्तै मोडि,
लुट्यो ईच्छा समयले, नेटो काटे पछि आयौ ।

कति आ“सु खसे मेरा, तिम्रो साथ छुटे पछि
कहा“ थियौ समयले, बैंश झाटे पछि आयौ ।

सधै तिम्रो भोको प्यारको, वाटो कुरि बसे थें
छाडी जाने माया तिमी, माया फाटे पछि आयौ ।