गजल

यात्री शेखर
गुच्चा मट्याङ्ग्रा र यस्तै यस्तै ।
पाठा पठ्याङ्ग्रा र यस्तै यस्तै ।

कहिले हली कहिले गोठालो,
बिते दिन हाम्रा र यस्तै यस्तै ।

खाजा पनि प्रसस्तै जंगली,
ओखर, पाङ्ग्रा र यस्तै यस्तै ।

यादमा छछल्किएका ती दिनहरु,
छन् राम्रा नराम्रा र यस्तै यस्तै ।