गजल

_ तिर्थ 'यात्री' पौडेल
बुद्ध तिमी कँहा गयौ देशमा मारामार भयो ।
आफ्नै मान्छे बीच पनि पानी वारावार भयो ।

मानिसमा मानवता चै बेपत्ता भै हेर आज,
नेपालीको शान किन आज हाराहार भयो ।

प्रभु भनि छिमेकीलाई सधै बोलाउनाले,
हेपाहा भै उसको नीति सिमा सारासार भयो ।

सहमतिको रटान लगाई झुटको खेति गर्दा,
जनतालाई उपहार सधै टाराटार भयो ।
+ लखनपुर ३ झापा,