गजल

   यवन खतिवडा
नयाँ वर्ष नयाँ पनले देशमा शान्ती छाउला अब ।
रोधी घरको आगनीमा स्वतन्त्र गीत गाउँला अब ।

तिम्ले हिड्ने दोबाटोमा बम बारुद छैनन् अरे,
देशको मुहार फेर्ने गरी संविधान आउला अब ।

मेरो देश नेपाल अनि सगरमाथा शिर भनि,
विश्व सामु गौरब गर्दै ठक्क छाती फुलाउला अब ।

पहाड मधेस, जात भात, सानो ठूलो भाब त्यागी,
विकशीत नेपालमा काध–मीलाई जाउँला अब ।

शुभकामना सबै लाई नव वर्ष नयाँ सालको,
सुन्दर भविस्यको बाटो सबै मीली समाउला अब ।