गजल

कृष्ण के श्रेष्ठ काल्स
गोली बम बारूदहरु फालिआओस नयाँ सालले ।
बुद्धको शान्तिदीप वालिआओस नयाँ सालले ।

 भात्किएका झुपड़ी र भासिएका बाटो खन्न,
बिकासको पाईला चालिआओस नयाँ सालले ।

लुछाचूड़ी गरि गरि, हाम्री यी नेपाल आमाको, 
च्यातिएको चोली टालिआओस नयाँ सालले  ।

देश बनाऊन आएका नेताजी भनाउँदाहरुको ,
भ्रस्टाचारी खाँबो ढालिआओस नयाँ सालले ।

भोकमरी र गरिबीले मर्न लाग्या जनतालाई,
खुवाएर खानेकुरा पालिआओस नयाँ सालले ।

जे हुनु भो पूराना ति, अतितका कर्तुत बिर्सि,
सत्कर्मको थालनी थालिआओस नयाँ सालले ।