गजल

शिब सिग्देल

अमिट माया पाउने आशमा रित्तो मेरो हात भयो
अभागिको कर्म यस्तै एका देशको बात भयो

माहान तिनको उदेश्य लाइ बुझ्ने प्रयास गर्छु भन्दा
अनयाशै आज किन सपना को रात भयो

पागल प्रेमि पात्र बनी समिप्यमा गइ बस्दा
बेशहारा एक्लो हुनु जिन्दगीको मात भयो

अभिशाप भइ आउनु रैछ उनको बचन तोड्न खोज्दा
बेदनाले मुटु भरी अतितको खात भयो