गजल

 कृष्ण जलन 

उनले सोध्लिन मेरो बारे बाच्या छ रे सुनाइ दिनु !
रूँदै छ कि भन्लिन फेरी हास्या छ रे सुनाइ दिनु !

बाटो हेर्दै उनले छिटो फर्क भन्ने खबर देलिन
उसले पनि दिन गन्दै बस्या छ रे सुनाइ दिनु !


पार्लिन आँशु गहभरी सम्झाइदिए उनको मनलाई
अभिलाषा मन भित्रै ति भास्या छ रे सुनाइ दिनु !

स्पन्दनले खोजि दिंदा यता उता उनकै छाया
खडेरी मै हजार खुशी नास्या छ रे सुनाइ दिनु !

उखरमाउलो गर्मि भित्र कैले रुँदै कैले हाँस्दै
जीवन संग झुटो नाता गास्या छ रे सुनाइ दिनु !