गजल

  • आँखा डुलाई गजलको, बहरमा खोजि रा'छु !
    हराएकी मायालुलाई, सहरमा खोजि रा'छु !!

    याद आउदा पर्दा तानि, झ्याल बाट तल हेर्दै
    दिन रात उनैलाई, हर प्रहरमा खोजि रा'छु !!

    आँशु बगाई बिते कत्ती, चिसा मेरा रातहरु
    पाउने आसा नमरे रै, रहरमा खोजि रा'छु !!

    एकान्तमा टोलाएर, सम्झनामा एक्लै पाउदा
    स्नान गर्ने सधै उनको, नहरमा खोजि रा'छु !!

    आसा सबै मरी सके , लोलाई सके नजर पनि
    उन्लाई भेट्ने बाटो अब, जहरमा खोजि रा'छु !