गजल

साबित्रा लुइँटेल घिमिरे

सबै आफ्नो ठाउबाट उठ्नु पर्छ
अधिकार माग्नलाई जुट्नु पर्छ !!

एकतानै बल हाम्रो सामन्ती लाई
खोजी खोजी यहाँ हामी कुट्नु पर्छ !!


रंग हेरी सिमा तोक्नु किन नी अब
जाती भेद सबै तिर छुट्नु पर्छ !!

नारी बिना सृस्‍टि कहाँ सत्यता बुझ
सद्भाव ले नै उन्को आशु पूछ्नु पर्छ !!