गजल

पूर्ण गुभाजु मुस्कान  

सधै भरि यो जिन्दगी आहा छ मलाई !
कसैको त साथ् पाउँछु थाहा छ मलाई !!

नजर सबले तिमि माथि गाड्न थाले पछी ,
तिम्रो आफ्नै हेराइमा डाहा छ मलाई !!


कति सार्है रमाउछौ खुसि बाड्दै तिमि ,
तिम्रो जस्तो जिन्दगी त काँहा छ मलाई !!

गह भरि अश्रु पार्दै बेदनामै बाचें पनी ,
तिम्रै दिलको धड्कन हुन चाहा छ मलाई !!

बिछोड कै पल हेर्छन दुनियाको नजरले ,
त्यसैले त एकै पलमा हाहा छ मलाई !!