गजल

तिलक भट्टराई "अन्जान"

कुन्नी केको धन्दा अचेल गर्दै छौ रे शहरतिर,,
पैसा भन्दा मरिमेटी मर्दै छौ रे शहरतिर।।

 रातारात करोडपती बन्ने भुत लाग्या छ रे,,
झुप्रो छोडि महलमा सर्दै छौ रे शहरतिर।।


बासी आटो नुन सँग छाक टारेको बिर्सिएर,,
मो मो अनी छोइलामा चर्दै छौ रे शहरतिर।।

आफ्नै चेली नङ्ग्याएर पिपासु मन भुलाउछौ रे,,
डिस्को अनी बारमा पैसा छर्दै छौ रे शहरतिर।

हिजो मात्र तिम्रो नाम सुन्दै थिएँ रेडियोमा,,
धिक्कार छ कालोसुचिमा पर्दै छौ रे शहरतिर।।

कस्लाई के थाहा जिन्दगीको पासा कता पल्टिदिन्छ,,
सुनेँ उही औकातमा झर्दै छौ रे शहरतिर।।