गजल

  – प्रवीण बानियाँ

मनको बस्ती अन्तै सरेको खबर आयो
फूलका लागि जून मरको खबर आयो ।

लगाएर आगो मनको फूलबारीमा
निष्ठुरीले साँघु तरेको खबर आयो ।



सकिएकै थिएन गाँसेर प्रेमको माला
रङ्गमञ्चको पर्दा झरेको खबर आयो ।

रंगाउछु सिउँदो भन्ने मेरो अठोट थियो
त्यही सिउँदो अर्कैले भरेको खबर आयो ।

          शब्दघर–ताप्लेजुङ