गजल
-सलोजा दाहाल
चुन छुनु धुन छुनु, अनि हिमाल छुनु ।
आमाको छाती संगै, धर्तीको ताल छुनु ।
महलका टुप्पा देखि, सडकका बस्ती सम्म,
चन्द्र फुल्या रात, रनेको अनिकाल छुनु ।
बाच्ने मात्र होईन, ज्युन सिक्नु पर्छ यहाँ,
हुर्किदै छौ त्यहाँ, सिकारीको जाल छुनु ।
चोली खुस्किनु र झण्डा झुक्नु हुन्न निर्मल,
निलो होईन आईपरे, सक्नै पर्छ लाल छुनु ।
भेल संगै बगे डुब्छौ, तर्किएर बस,
फुल मुस्काउने सलोज, मणिपाल छुनु ।
चुन छुनु धुन छुनु, अनि हिमाल छुनु ।
आमाको छाती संगै, धर्तीको ताल छुनु ।
महलका टुप्पा देखि, सडकका बस्ती सम्म,
चन्द्र फुल्या रात, रनेको अनिकाल छुनु ।
बाच्ने मात्र होईन, ज्युन सिक्नु पर्छ यहाँ,
हुर्किदै छौ त्यहाँ, सिकारीको जाल छुनु ।
चोली खुस्किनु र झण्डा झुक्नु हुन्न निर्मल,
निलो होईन आईपरे, सक्नै पर्छ लाल छुनु ।
भेल संगै बगे डुब्छौ, तर्किएर बस,
फुल मुस्काउने सलोज, मणिपाल छुनु ।