
- अनमोलमणि
सम्झनामा मेरै गीत गाइ दिनू तिम्ले ।
पठाइ दिन्छु औठी चिनो लाइ दिनू तिम्ले ।
तिम्रो मनमा विझाउने काँढा भएँ म त,
मखमली फूल भइ छाइ दिनू तिम्ले ।
म त पल्लो किनार हुँ छालमात्र हेर्छु,
किनार छुन छाल भइ आइ दिनू तिम्ले ।
छुटि्टएर पर पर हुनु पर्यो किन ?
नछुटि्टने कसम फेरि खाइ दिनू तिम्ले ।