गजल


-अमर क्षीतिज
प्रस्थान गर्‍यौं जब विदेश, तिमी हिड्ने बाटो रोयो ।
यो बाँझो खेतबारी अनि, देशको सिङ्गो माटो रोयो ।

बादलका ति नयन अझै ओभाएका छैनन् हेर,
घुम्ने मेचका रमाउलान्, गाँउको साझो लाटो रायो ।

आफ्नो प्यारो जन्मभुमि, विर्सन पो लाग्यौ कि तै,
चौरासी व्यञ्जन छेउमा, गन्द्रुक अनि आटो रोयो ।

रोदि घरकी प्रियसीलाई, तड्पाएर राख्छौ किन
कल्पनामा सिमिति उनको, जिन्दगीको पाटो रायो ।

सपनामा आँउछन शहिद, तिमीलाई धिक्कारेर,
युद्धकालको सिर्जिएको, ठुलै घाउको टाटो रायो ।।