गजल
- प्रदिप चापागांइ
अनायासै मनको घाउ फुटेपछी ब्युँझिए म,
समयले संसार मेरो लुटेपछी ब्युँझिए म !!
बेहोसिले सिमा नाघी अचेत अचेत हुँदा पनि,
बल्ल आँसु वर्षा बनी चुटेपछी ब्युँझिए म !!
सारा बाटो बन्द भई जिवन हतकडी भयो,
सारा जग मै विरुद्ध जुटेपछी ब्युँझिए म !!
मर्यो ईच्छा तर्यो खोला गुनासो छैन अब,
अभिलाषा एक एक गरी टुटेपछी ब्युँझिए म !!
न त भगवान मेरो न त कुनै वरदान नै,
धड्कन सबै मुटु बाट छुटेपछी ब्युँझिए म !!