गजल
- सीता थुलुङ
अशान्तिको ज्वाला देशमा सल्किएर दुख्यो मन ।
देश धुत्ने स्यालहरु पल्किएर दुख्यो मन ।
खुल्ला सिमा, खुल्ला नाका कस्तो स्वतन्त्रता हो यो ?
राष्ट्रभरि पर्राई गीत घन्किएर दुख्यो मन ।
हेप्नेलाई नै सबैले किचेका छन थिचेका छन,
आफैतिर छिमेकी देश ढल्किएर दुख्यो मन ।
सानो मान्छे बाध्यतामा ठुलोपद मान जानी,
सेतो हिमाल कालो भई टल्किएर दुख्यो मन ।