गजल
- राधिका अधिकारी
जीन्दगीको सुनसान फाटमा भेट्ने मन छ ।
फेरि पनि उहि सपनी रातमा भेट्ने मन छ ।
धेरै थिए तिमीलाइ भन्नै पर्नै मनका कुरा,
लेख्छु पत्र त्यै पत्रको खातमा भेट्ने मन छ ।
कति सक्छौ छुरा अझै धस्दै जादा हुन्छ,
तिम्ले दिने प्रत्येक घातमा भेट्न मन छ ।
छुट्छ तिम्लाइ भावनामा बग्न सधैभरी,
हिजो आसु बिक्रि भाको हाटमा भेट्ने मन छ ।
सच्चा मनले माया गर्दा मरे धेरै चोटी,
मलामी आउ अन्तिम चोटी घाटमा भेट्ने मन छ ।