गजल

- सुजेश "निरस"
दोष मेरो नभए'नि, सहुँला मै बातहरू,
च्यातिएरै जाला मुटू, भोगुँला मै घातहरू ।

बिरा'छैन कहिँकतै, मायाको त्यो गोरेटोमा,
माफी माग्न तिम्रो सामु, जोडुँला मै हातहरू ।

जिन्दगीको दोबाटोमा, पुग्दा सुख रोज्यौ होला,
आँसु छोपी हाँसी हाँसी, छोडुँला मै साथहरू ।

खैर, तिमी मेरी थियौ, घाम जति साँच्नु तिमी,
कठ्याङ्ग्रेरै मरे पनि, काटुँला मै रातहरू ।