गजल


- खगेन्द्र थापा
बेवारिसे भयो आज सँगै जिउने रहर पनि ।
उर्लेकै छ बर्षैदेखि यो आँखाको नहर पनि ।

जे गरे नि सहनु नै पर्ने नियतिले ठगेपछि,
पिउँदा पनि बाँचीरैछु झेलीरैछ जहर पनि ।

थाकिसक्यो तन मन निष्ठूरीको बाटो कुर्दा,
छेउमा आई गिज्याउँछ सागरको लहर पनि ।

तनमन सँगै फाट्यो आखिरमा जोवन पनि,
गर्ल्यांमगुर्लुम्म भत्कियो कल्पनाको सहर पनि ।