
- सुरज पौडेल
हेरेरै गजल फुरायौ तिमिले ।
दोबाटोमा धेरै कुरायौ तिमिले ।
शुरुवातनै मीठो सपना जस्तो,
भाग्यमा कसरी जुरायौ तिमिले ।
प्रियशीनै भाग्य बिधाता हौकी,
खोजेको सबै पुरायौ तिमिले ।
जिबनमा धेरै हारेको थिएँ,
जित्नलाई युद्ध शुरायौ तिमिले ।
बाँकि थियो बुझ्नलाई संसार ,
साथ दिएर तुरायौ तिमिले ।
- किर्तिपुर