गजल
- रविन्द्र दिखुक्पा
सर्वभौम सत्ता सरकार होसियार ।
मेचीकाली उठे छेकबार होसियार ।
छुट्ला लेकबेसी समावेशी आवाज,
सारा रस्तिबस्ती घरबार होसियार ।
केस्रा-केस्रा फुल्नुपर्छ सबै भाषाभाषी,
संविधानका सारा ठेकदार होसियार ।
अबोध बालक विधुवाको खुशी लुट्ने,
भद्र भलाद्मी तरवार होसियार ।
आलै छन हिजोका बाचा कसमहरू,
वरियताका पहुच्दार होसियार ॥
सर्वभौम सत्ता सरकार होसियार ।
मेचीकाली उठे छेकबार होसियार ।
छुट्ला लेकबेसी समावेशी आवाज,
सारा रस्तिबस्ती घरबार होसियार ।
केस्रा-केस्रा फुल्नुपर्छ सबै भाषाभाषी,
संविधानका सारा ठेकदार होसियार ।
अबोध बालक विधुवाको खुशी लुट्ने,
भद्र भलाद्मी तरवार होसियार ।
आलै छन हिजोका बाचा कसमहरू,
वरियताका पहुच्दार होसियार ॥