गजल

परदेशैमा डुलिरछु एक्लो मन जलाई ।
सङ्गी तिम्रा कतिकती के सम्झिन्थ्यौ मलाई ।
घरबाट कलेज् जान्छ्यौ खुल्छन सबै ढोका ,
तथानाम चौरस सम्झि बस्छु हृदय गलाई ।
सन्ध्या देखी मिर्मिरेसम्म,मिर्मिरेबाट सन्ध्या ,
चारै प्रहर तिम्रै नामको बल्छ दियो सलाई ।
बस है श्रिङ्गार गरी ओढी दुलही घुम्टो ,
लिन आउछु यसपल्ट पञ्चे बाजा बजाई ।
- नेपालगन्ज