गजल

 - यात्री शेखर
कोमल मुटु हुन्छ हुन्न ? शहरीया मन वेग्लै ।
भाषा शैली खै कस्तो ? व्यवहार झन वेग्लै ।

शरहमा बस्ने मान्छे, यतिविध्न फरक किन,
रहन् सहन् लवज् सगैं, मानविय पन वेग्लै ।

ढुगांलाई देउता ठानी, उनिहरु पनि पुज्छन,
किन ठान्छन् शहरिया, अरुको चैं तन वेग्लै ।

हुन्छ भन्थे धन्का नाममा, सबैसंग यौटा मन,
हुदों रै’छ ठालुहरुको, मन है’न धन वेग्लै ।

जाली पनि काहासम्म, सबै रित्तो पार्न सक्ने,
हुदा रै’छन् शहरमा, बैगुनीका बन वेग्लै ।
- yatrishekhar@gmail.com