गजल

प्रतिभा प्रक्षिप्त
दन्दनाउँदो आगोमाथि पाइला चाल्न खोज्दैछु म ।
पत्याउछौ ! पानी भित्र आगो बाल्न खोज्दैछु म ।

नाप्छु अब संसार सार यी आफ्नै पाइतालाले,
हेर सिङ्गो ब्रह्माण्डको यात्रा थाल्न खोज्दैछु म ।

जसले भन्छन् दया गरि मलाई कठैबरा,
तिनीहरुकै सामु चट्टान ढाल्न खोज्दैछु म ।

लाचार बन्दै हिंजो सम्म कत्ति कत्ति लुटिएं म,
तर आज त्यै तागतले पत्थर गाल्न खोज्दैछु म ।

आकाश सारा उड्नलाई धर्तीभरी हिड्नलाई
मलाई बाँध्ने बन्धनका तार चुडाल्न खोज्दैछु म ।
आँखिसल्ला, धनकुटा