गजल

शेरु राई ‘उदास’
देश थियो भाषा थियो यसैमा आनन्द थियो ।
जून छुने सपना थिए जोश बुलन्द थियो ।

बतास हाल्थ्यो सुसेली आकाश मुस्कुराउँथ्यो,
चरीको चिरबिरमा पनि मीठोछन्द थियो ।

खुन बगाए तिनीले परि आउँदा ज्यान दिए,
माटो उठाइ सुँघि हेरें पुर्खाको सुगन्ध थियो ।

नचाहेर नमानेर आखिर माटो छाड्नु प¥यो,
सीमा नाघ्दा आँसु खसे पाइला मन्द—मन्द थियो ।

हिजो सम्म मन हाँस्थ्यो बगैचामा खुसी फुल्थ्यो,
बाटो लाग्दा घर सुन्य हेरें ढोका बन्द थियो ।
         भुटानी शरणार्थी शिविर, शनिश्चरे