गजल

गोविन्द काफ्ले
जात नै मिल्दैन भन्छन् मैले लानु कसरी ?
हजारौमा उनिलार्ई नै मैले छानु कसरी ?

जात भातले गाँजिएको असभ्य समाजमा,
वेर्थै समाज घृणा गर्छ मैले मानु कसरी ?

मनले जात भन्दैन नि, मान्छेले हेर्छ किन ?
सत्य दिलमा छुरा धसी मैले जानु कसरी ?

चेतना गुमाएको समाज देख्दा छक्क पर्छु,
दोधारमा पर्दै यो मन, मैले बानु कसरी ?

आत्मैदेखि उनीबाट टाढा हुन चाह्या छैन,
वाध्यताले उनको कसम् मैले खानु कसरी ?
           झुले ९, दोलखा