गजल
नविन प्राचिन
एउटा गजल यस्तो लेखौ जस्मा सारा प्रहर अटुन् ।
खोला नाला सागरका साना ठुला लहर अटुन् ।
खुन अटुन्,नुन अटुन् अलिकती सुन अटुन्,
कुना काप्चा गाँउ सगैं ठुला ठुला शहर अटुन् ।
दुःखसगैं सुख अटोस्,पीडा अनि रोदन् अटुन्,
गरिबका मर्कासगैं मीठोखानेरहर अटुन् ।
कालो गोरो सबै अटोस् धनी गरिब सबै अटुन्,
एउटै थलो बनोस् जहाँ अमृत अनि जहर अटुन् ।
झापा