गजल

भोजराज भट्टराई (राज भाञ्जा)
गर्जो टार्न सर्वहारा काम खोज्दैछ ।
सामन्त र शोषकले दाम खोज्दैछ ।

अहोरात्र खटीन्छन् निमुखा मान्छे,
मालिक नै यहाँ छमछम खोज्दैछ ।

घरमै बतीला बालक श्रमीकका,
चिचि नाना वास्ता छैन माम खोज्दैछ ।

खोज्छन अरू हमेशा ह्विस्की र ब्राण्डी,
विपत्तिमा उस्ले सधैं राम खोज्दैछ ।
रेडियो पश्चिमाञ्चल, पाल्पा