गजल
मुट नचलेर धड्कन मज्जाले बसेपछी के होला ?
दुनियालाई आश्रय दिईरहेको गगन खसेपछी के होला ?
एैलानी न रहेछ जिन्दगी त धेरै किन बाच्ने र हैन ?
जानैपर्ने आर्यघाटतिर बेलैमा लगन कसेपछी के होला ?
एक्लै हुदाका भारती र टेन्सन झेलीरहनुपर्ने सधै ।
अझ एक जिवन भित्र अर्को पसेपछी के होला ?
निर्मम छ दुनिया दुःखहरुमा दर्शकमात्रै बनिरहन्छ,
घाईते सिपाहीलाई फेरी सर्पले डसेपछी के होला ?