गजल
हावामा अन्न फलाउन खोज्यौ संभव भएन ।
पानीमा आगो बलाउन खोज्यौ संभव भएन ।
रिसले आगोजस्तै थियौ, हतियार थ्यो हातमा,
आगोलाई गोली चलाउन खोज्यौ संभव भएन ।
मन्दिर गई ढुङ्गा पूजेर, पाप पखालिदैन,
दुनियाँलाई छलाउन खोज्यौ संभव भएन ।
त्यो ढुङ्गालाई पलाउन खोज्यौ संभव भएन ।
धेरै ऋतुहरु व्यहोरी र सकेको,“क्षितिज”लाई,
एकैपटक ढलाउन खोज्यौ संभव भएन ।
कलम भाँचिदियौ, औंला काटीदियौ बिचराको,
र अक्षरहरु जलाउन खोज्यौ संभव भएन ।
+ पुन्मा—३ “एकान्त कुना” जाजरकोट ।
हालः बुलबुले एफ.एम.वीरेन्द्रनगर,सुर्खेत