गजल

_ रोहित राना
उनकै यादमा हल्का, पिएको मज्जा अर्कै थियो ।
त्यसै त्यसै तड्पिएर, जिएको मज्जा अर्कै थियो र ।

उनि घरदेश म परदेश मनको भने नजिकै थियौं,
च्यातिएको आफ्नै जीवन, सिएको मज्जा अर्कै थियो ।

सान्त्वना दिन्थ्ये उनलाई कुरी राख्नु आउछु भनि,
छुत्तिनेबेलामा जालेरुमाल, दिएको मज्जा अर्कै थियो ।

याद आउँछ उनकै हरपल हरछर्ण घरिघरि,
साट्दै माया एकआपसमा, लिएको मज्जा अर्कै थियो ।
 + बुटवल