गजल

सरोज बिरोद अमृत पाईन बिष पिएर आँए ।
फेरि पनि एक पटक जिएर आँए ।

निष्ठुरीको याद रत्तिभर छैन,
अजम्बरी माया सम्झिएर आँए ।

अब देखि तिमिसँगै जिउँछु कसम,
उता साँच्चै राजिनामा दिएर आँए ।

साँच्चै तिमिले नपत्याएको भए हेर,
तिम्रै नामको लालपुर्जा लिएर आँए ।

मलम पट्टि तिमीले गर्दिन्छ्यौ भनेर,
घाईते मुटु थोरै मात्र सिएर आँए ।
+व्यास नगरपालिका ५, तनहुँ
हाल, युथ एफ एम पोखरा