गजल

_सागर बस्नेत 'युद्धबिराम'
रसाउदा तिम्रा आँखा यिनै हातले पुछ्न सकुँ ।
मात्रै ओठचल्दा तिम्रो मनको कुरा बुझ्न सकुँ ।

घामपानी जिन्दगीका सँग सँगै काट्छु कसम,
ओताएर तिमीलाई नै छाता बनी रुझन सकुँ ।

आस्था अनि विश्वाश तिमी भक्ति पनि तिमी नै,
नभए फुल्, प्रसाद तिमीलाई, मायाले नै पुज्न सकुँ ।

कसी लाउनु पर्दैन अरे अकबरी सुनलाई,
तैपनी अझ चम्काउन तेजाबले झै माझ्न सकुँ ।

शिवजी पनि तीन आँखे देखेपछी धनको रास
सयौ सुख एेस बिर्सिएर मात्र तिमी रोज्न सकुँ ।

तिमी बिना जीवन मेरो नदि बिनाको बगर झै
आँखा सामु आउँदा मृत्यु तिम्रै बारेमा सोच्न सकुँ ।

तिमी नै त हौ शक्ति मेरो कमजोर यो जिन्दगीको,
तिम्रा सारा समस्यासँग पहाड भई जुझ्न सकुँ ।
+ सिजुवा ९, मोरङ