गजल

मन लगाइ साझ बिहान त्यो घाम हास्न छोडेको छ ।
अचेल त भाले पनि टाईममा बास्न छोडेको छ ।
यो मान्छेमा अनिकालको अभिश्राप लागेको छ,
निधारमा आशिर्बाद्को चामल टास्न छोडेको छ ।
धन यश र किर्तिभित्र मान्छे सबै बोक्रे भए
यहाँसम्म कि बाउ मर्दा नि कपाल तास्न छोडेको छ ।
जग भ्रस्ट हुँदा यहाँ सुवास् बदलियो भनिदिनु
बाउको धन अयासिमा छोरोले मास्न छोडेको छ ।
+ कालेबुंग