गजल

अल्पविराम शर्मा
देउरालीको पिपल र बर ले हो बिगारेको ।
माया नलाउँ भन्थेँ तिम्रै कर ले हो बिगारेको ।

वाचा गर्यौ कसम खायौ जे जे थियो ठिकै थियो,
मुखले ठिक्क पारेपनी तर ले हो बिगारेको ।

हित्त चित्त मिलेपछि सगैं बस्न मन लाग्ने,
दुर्भाग्यवश तिमी वर म पर ले हो बिगारेको ।

सपनाका महलहरु ठूलै थिए सायद तिम्रा,
विपनामा घरको छानो खर ले हो बिगारेको ।

त्यसै कहाँ लुटियो र अलपविराम पनि,
आफनो भन्दा बढि तिम्रो भर ले हो बिगारेको ।