गजल
एस.पी.“निर्मोही”
हाँसो दिंदा लिएनौ, आँशु हात लाग्यो ।
मिठो पल लिएको, किन बात लाग्यो ?
सुख कायम राख्न, अमृत दिएकै हो,
जहर भनि फाल्यौ, त्यही रात लाग्यो ।
सम्हाल भन्दै थिएँ, प्यारमा आफुलाई,
जानेनौ पिउन रस, त्यही मात लाग्यो ।
एक पछि अर्कोसंग, रम्नु तिम्रो बानी हो,
लड्यौ आज जताततै, त्यही जात लाग्यो ।
म सबैको सबै मेरा, भन्ने सोचमा रम्यौ,
त्यही अबुझको, तिम्लाई घात लाग्यो ।
हाँसो दिंदा लिएनौ, आँशु हात लाग्यो ।
मिठो पल लिएको, किन बात लाग्यो ?
सुख कायम राख्न, अमृत दिएकै हो,
जहर भनि फाल्यौ, त्यही रात लाग्यो ।
सम्हाल भन्दै थिएँ, प्यारमा आफुलाई,
जानेनौ पिउन रस, त्यही मात लाग्यो ।
एक पछि अर्कोसंग, रम्नु तिम्रो बानी हो,
लड्यौ आज जताततै, त्यही जात लाग्यो ।
म सबैको सबै मेरा, भन्ने सोचमा रम्यौ,
त्यही अबुझको, तिम्लाई घात लाग्यो ।