गजल

तिर्थ "यात्री" पौडेल
तिमीलाई  भेट्ने आज चाहाना छ मेरो,
चौतारीमा भेटौ भन्ने बहाना छ मेरो ।

चट्ट परी चौबन्दी र फरियामा आउनु,
तिम्रा उन्नत चुचुरामा निशाना छ मेरो ।

केशराशि खेलाउछु अंगालोमा कसी,
अधरका मधु प्याला खजाना छ मेरो ।

यो जिन्दगि तिमी संगै जिउन पाउ भन्ने,
देउरालीमा फुल चड़ाई प्राथना छ मेरो ।