गजल

सागर बस्नेत युध्दबिराम
लुकीलुकी  इशाराले  बोलाएको  बुझिसके ।
मलाई देख्दा भुतुक्क भै टोलाएको बुझिसके ।

मदहोशी आखा तिम्रो अलिअलि शर्माउदै,
कामवाणले रातो हुदै लोलाएको बुझिसके ।

बोलौला झै नजिकिदै फेरी टाढा टाढा भाग्दै,
झुक्याउदै  मेरो मन तौलिएको बुझिसके । 

आखाभरी सपना छ मलाई आफ्नो बनाउने,
पाउनलाई मेरो माया बौलाएको बुझिसके ।

नभनेनी बुझ्छु मैले के छ तिम्रो मनभित्र,
तिम्रो मुटुमा मेरो छाया मौलाएको बुझिसके ।