देशको पुर्पुरो बिमोचित

युवागजलकार रूपक अलंकारको गजलसंग्रह देशको पुर्पुरोको बिमोचन बरिश्ठ साहित्यकार मोदनाथ प्रश्रितले गर्नुभयो ।
अनाम्मण्डलीले प्रकाशन गरेको यस पुस्तकका बारेमा समालोचकहरू बलराम दाहाल र प्रभाती किरण्ले समिक्क्षा गर्नुभएको थियो । गजलकारहरु प्राग्य बुद रना, ललीजन रावल, समालोचक कवि देवि नेपाल, कवि रमेश पौडेल लगायतले सर्जकलाई शुभकामना दिनुभएको थियो । कार्यक्रम अनाममण्डलीका अध्यक्ष घनेन्द्र ओझाको सभापतित्वमा सम्पन्न भएको हो ।