सृजनाका स्वरहरु विमोचन

पेनाङ / विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदोतारा साहित्य समाज, पेनाङ, मलेसियाद्वारा प्रकाशित संयुक्त गजल संग्रह सृजनाका स्वरहरुको विमोचन भएको छ ।
फेब्रुवरी ४ को दिन पेनाङको कोमतार स्थित एक सभाहलमा समाजका अध्यक्ष दिप दर्शनको सभापतित्वमा सम्पन्न  कार्यक्रममा प्रमुख अतिथिमा नयन साहित्य समाज, जोहोरका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाका उपाध्यक्ष दीलिप राई ‘सगर’ ले पुस्त विमोचन गर्नु भयो ।
समाजका कोषाध्यक्ष कृष्ण आलोकको बासुरीको मिठो धुनबाट शुरु गरीएको कार्यक्रममा उपाध्यक्ष भिष्म दर्नालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव तथा संग्रहका सम्पादक जीतमान राई ‘सबिन’ ले समाज र प्रकाशित संग्रह बारेमा बोल्नुभएको थियो । 
प्रमुख अतिथि र अतिथिहरुबाट संग्रहको संयुक्त विमोचन पश्चात संग्रहको बारेमा गजलकार तथा कार्यक्रमका अतिथि श्रीजन श्रीले समिक्षात्मक मन्तव्य राख्नुभयो भने प्रमुख अतिथि दिलिप राई ‘सगर’ले संग्रहको सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रवास र घरबासका गरी ४६ जना स्रष्टाहरुको २३० वटा गजल समावेस गरीएको छ भने संग्रहको सम्पादन जीतमान राई ’सबिन’ ले गरेका हुन् ।