गजल प्रतिष्ठानमा नयाँ नेतृत्व

इटहरी, १० माघ । नेपाल गजल प्रतिष्ठानले यात्री शेखरको अध्यक्षतामा ६ सदसिय नयाँ कार्यसमिति चयन गरेको छ । 
नेपाल गजल प्रतिष्ठानका नव निर्वाचित पदाधीकारीहरू
इटहरीमा शनिबार भएको प्रतिष्ठानको साधारणसभाले अध्यक्षमा यात्री शेखर, उपाध्यक्षमा सिजन ‘नयन’श्रेष्ठ, सचिवमा के पी लम्साल, सह सचिवमा मिलन बिछोड र कोषाध्यक्षमा सविता खतिवडालाई सर्व सम्मत चयन गरेको हो ।
त्यस्तै सदस्यमा एकाराज दोसाँधलाइ चयन गरेको छ भने अरु ५ जना सदस्य चयन भएको कार्य समितिले मनोनित गर्ने छ ।
गजलको विकासका लागि २०६२ सालमा स्थापना भएको प्रतिष्ठानले नेपाली गजललाई साहित्यको छुट्टै विधाको रुपमा स्थापित गर्न, गजललाई विकसित र परिष्कृत बनाउन लागि पर्ने नव निर्चाचित अध्यक्ष यात्रीले बताउनु भयो ।
नेपाली गजको विकासका लागि विभिन्न गतिविधि गर्दै आएको प्रतिष्ठानको मेचि कोशी र सगरमाथाका ७ वटा जिल्लामा शाखा कमिटीहरु समेत रहेका छन् ।
साधारण सभामा गजलकार डा भिम प्रसाद खतिवडाले आफ्नो गजल संग्रह मन दुखेको माटो को बिक्रिबाट आएको सबै रकम गजल प्रतिभा कोषका लागि प्रतिष्ठानलाई दिने घोषणा गर्नु भयो । त्यस्तै सो कोषका लागि गजलकार विवश बलिभद्र कोइरालाले आफ्नो गजल संग्रह काचको मुटु एक सय प्रति प्रदान गर्ने बताउनु भएको छ ।
साधारणसभा पछि आयोजित बृहत गजल गोष्ठिमा दुइ दर्जन बढी श्रष्टाले गजल बाचन गरेका थिए ।