दिल पाक्सावा ‘नामराक’
काँडा बिचमा फुल्छ दुखेर फूल ।
टाढा क्षितिज पारी लुकेर फूल ।
रोयो बिचरा साह्रै खडेरी लाग्दा,
फेरि ओईली गयो झुकेर फूल ।
धोको उसको ठूलो सुगन्ध छर्ने,
साथ नपाई हेर सुकेर फूल ।
स्वार्थी संसारबाट बिदाई भयो
बाँच्ने आधारबाट चुकेर फूल ।
dilpratikshya@gmail.com