धरानमा गजल प्रतियोगितासंगै रमाइलो


इटहरी १० मंसिर । सुनसरीको धरानमा जिल्ला स्तरिय खुल्ला प्रतियोगितात्मक गजल गोष्ठि सम्पन्न भएको छ ।
नेपाल गजल प्रतिष्ठान सुनसरी शाखाले आयोजना गरेको कार्यक्रममा सुनसरी जिल्लाका नयाँ तथा पुराना सर्जकहरुले भाग लिएका थिए ।
प्रतियोगितामा अर्जुन भट्टराई, आश्था आले, तेजोत्पल भट्टराई र आनन राईका गजलला
ई उत्कृष्ट घोषणा गरिएको थियो । उत्कृष्ट गजलकारलाई कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक डा टंक न्यौपानेले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रतियोगि सगै अप्रतियोगी गजलकारहरुले पनि गजल बाचन सगैं गजलको संरचना इतिहास र वर्तमान अवस्थकाका बारेमा चर्चा गरेको थिए ।
चर्चा गर्ने गजलकारहरुमा नेपाल गजल प्रतिष्ठानका अध्यक्ष यात्री शेखर, साहित्यकारहरु हेमन यात्री देवान किराती, सुदिप पाख्रीन, करुणा राई चन्दा खडकालगायत थिए ।
कार्यक्रममा धेरै प्रतियोगी तथा अप्रतियोगी गजलकारले गजल गाएर मन्त्रमुग्ध पारेका थिए । गजलबाचनमा प्रफुल्लराज भण्डारीलेले नाचेर कार्यक्रमको रौनक अझ थपेका थिए ।