गजल

नबिन नेपाल

दुइ वटा कुरा हुन्छ दसै पछाडी !
फुल यात छुरा हुन्छ दसै पछाडी !!

सफा मनले दुर्गासँग माग्नु दसैमा
मन्को इच्छा पुरा हुन्छ दसै पछाडी !

यस्तै चोट यस्तै पिडा दोहोरिरहे
बाटा अझै साँघुरा हुन्छ दसै पछाडी !

मत्तीने र आत्तीने को बिस्वास नगर्नु
दुख पिडा मधुरा हुन्छ दसै पछाडी !

मिठो बोली मिठै माया गर्छौ भने
सिन्दुर र चुरा हुन्छ दसै पछाडी !

आटेको र चाहेको मिलोस सबैलाई
नत्र 'नेपाल' बेसुरा हुन्छ दसै पछडि !

१९ वटा भाषाको संयुक्त गजलसङ्ग्रह


काठमाण्डु ।  नेपाली गजलको विकास, विस्तार र परिस्कारका लागि कृयाशील संस्था अनाममण्डलीले प्रकाशन गरेको १९ ओटा विभिन्न भाषामा लेखिएको ऐतिहासिक संयुक्त गजलसङ्ग्रह 'राष्ट्रिय भाषाका गजलहरू' को हिजो काठमाडौँको राड्ट्रिय सभागृहमा विमोचन गरियो । 
गजलकारहरू ज्ञानुवाकर पौडेल, देवी नेपाल, धीरेन्द्र प्रेमर्षि, रोशनकुमार राजभण्डारीलगायतले पुस्तकको विमोचन गर्नुभएको थियो ।
उक्त पुस्तकबारे बोल्दै समालोचक प्रभाती किरणले पुस्तक ऐतिहासिक महत्त्वको रहेको बताउनुभयो भने देवी नेपालले अनाममण्डलीका हरेक कार्यहरू नयाँ र ऐतिहासिक हुने गरेका उल्लेख गर्नुभयो । साहित्यकार धीरेन्द्र प्रेमर्षिले उक्त पुस्तकमा समग्र नेपालको प्रतिनिधित्व रहेको बताउनुभयो । प्रमूख अतिथि पौडेलले अनाम नाम राखेर सुनाम कमाइरहेको अनाममण्डलीलाई शुभकामना दिनुभयो ।
पुस्तकको संयोजन सम्पादन घनेन्द्र ओझा, सुरेश सुवेदी र बलराम दाहालले गर्नुभएको हो । सोही कार्यक्रममा कन्दरा पब्लिकेशनद्वारा प्रकाशित युवागजलकार गुलाब कान्छोको गजलकृति 'कुल्चिएको गुलाब' को पनि विमोचन गरिएको थियो । उक्त पुस्तकबारे समालोचक सरोज घिमिोरेले बोल्नुभएको थियो । अनाममण्डलीका संयोजक बलराम दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा गजलकारहरू सुरेश सुबेदी, घनेन्द्र ओझा, जय गौडेल लगायतले बोल्नुभएको थियो ।
शब्द तस्विर ः अनाम मण्डली

गजल

कपिल ज्ञवाली

कपिल ज्ञवाली ‘जिज्ञासु’ 

जहाँ माया त्यहि हुने, घातहरु धेरै ।
टुंगो छैन जीवनको, बातहरु धेरै ।

हं मा हं थप्नेहरु हुदाँ रैछन् बैशहुंदा,
चिठ्ठी अब चांहिदैन, खातहरु धेरै ।

सूचना र प्रबिधिले माया सांघुरियो,
गफि बने मोवाईलका, रातहरु धेरै ।

बिश्वासनै नभए त किन साथ माग्नु ?
धोका दिने धोकेबाजका, जातहरु धेरै ।

अलग्गिनै उचित लाग्छ तनावैले हो की ?
खानु किन ‘जिज्ञासु’ले, लातहरु धेरै ।
                                                        kplgyawali3@gmail.com

गजल मञ्चमा सावित्रा

उर्लाबारी गजल मञ्चको शनिवार सम्पन्न चौथो साधरण सभाले सावित्रा याक्खाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
गजल मञ्चको उपाध्यक्षमा युवराज काफ्ले इवन , सचिव मञ्जु आचार्य, सहसचिव सहिदनेपालीनयन र कोषाध्यक्षमा रिना प्रधान रहनुभएको छ । यस्तै सदस्यहरुमा बविता घिमिरे , ममता घिमिरे, यज्ञ परिश्रमी , नवराज निरौला, नविना बस्नेत र तेजन खड्का रहनुभएको छ । सल्लाकार सदस्यहरुमा केशब राई , मिश्र बैजयन्ती जयधर्म अचार्य र महेन्द्रजंग तामाङलगायत रहनुभएको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष साबित्रा याक्खाले बार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्षद्धारा प्रस्तुत कार्यक्रम योजनामा मासिक साहित्यक कार्यक्रमलाई निरन्तरता दिने, संस्थाको आर्थिक स्रोतको पहिचान गर्ने , साधरण सदस्यहरुको संख्या बिस्तार गर्ने, गजल मञ्चले प्रकाशन गर्दै आएको प्रकाशन बन्द भएको ‘सम्बन्ध’ द्वैमासिक पत्रिका पुन प्रकाशन गर्ने , पुस्तक प्रकाशन गर्ने लगायतका कार्यक्रम छन् । कार्यक्रममा कृष्णउदाशी को सभापतित्व र मिश्र बैजयन्तीको प्रमुख आतिथ्य रहेको थियो ।