गजल


- रविन्द्र दिखुक्पा "बाखाछा"
के छ र मेरो ? लेकबेसी सारा तिम्रै हो ।
गगनमा चम्कने जून तारा तिम्रै हो ।

मैले टेकेको माटो शिवाय के छ मेरो ?
छङछङ बग्ने मेची कोशी रारा तिम्रै हो ।

यत्रतत्र झकी झकाउ तुल व्यानर,
जय जय विजय जुलुस नारा तिम्रै हो ।

लेख आफ्नै आवाज आफ्नै रस्तिबस्ती,
दफा उपदफा संविधानको धारा तिम्रै हो ॥
- हालः काठमाण्डौ