गजल


-राजेश्वोर ढकाल “बाबु”
चुनौतिमा थिएँ जब, छोडेर गयौ तिमी ।
खाएका वाचा कसम, तोडेर गयौ तिमी।

झुटो आश देखाएर, मेरो जिन्दगीमा,
दुखाउने सम्बन्ध ,जोडेर गयौ तिमी ।

एउटै ईच्छा मेरो,लक्ष्य चुम्नु हुदाँखेरी,
सिधा मेरो मनलाई, मोडेर गयौ तिमी ।

मेरो जीवनलाई,सफलताले साथ दिदाँ,
सिसासरी मेरो भाग्य,फोडेर गयौ तिमी ।

कोमल मेरो मुटुमा ,अनायासै तिमीले,
फुल भन्दै काडा पो, गोडेर गयौ तिमी ।
- बगुवा-६ गोरखा
- हाल: दोहा-कतार